दार्चुला । दार्चुलामा महाकाली तर्ने क्रममा एकजना बेपत्ता भएका छन् ।
व्यास गाउँपालिका– २ मालघाटमा महाकाली तर्ने क्रममा माल खानदानका ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन्।
महाकाली तर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएको स्थानीयहरुले बताएका छन् ।
स्थानीयका अनुसार शुक्रबार बिहान गाउँबाट दार्चुला सदरमुकाम आउने क्रममा जयसिंह नदीमा तुइन तरिरहेको बेला उनी नदीमा खसेका थिए ।
नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका स्थानीय दार्चुला सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो भएर महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ। तुइनबाट खस्दा बेलाबेला यस्ता घटना हुने गरेका छन्। धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित छन्।
सरकारले तुइनमुक्त कार्यक्रमअन्तर्गत तुइन भएको ठाउँमा पुल बनाउन योजना सञ्चालन गरेको भए पनि पुल निर्माण अलपत्र छ। व्यासका नागरिकहरू खाद्यान्न, औषधि र आवतजावत यही तुइनमार्फत गर्दै आएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया