‘एमसीसीको प्रतिलिपि प्रतिनिधि सभामा पेस गरियोस्’

लोकपथ
663
Shares

काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले अमेरिकी मिलिनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद रावलले एमसीसीमा राखिएको व्यवस्थाहरु कानुनसँग बाझिने भएकाले त्यसलाई पारित गर्न नहुनेमा जोड दिए ।

“त्यसमा भएका कतिपय कुराहरु नेपालको संविधान र कानूनसँग बाझिन्छन् ।” उनले भने ।

त्यस्तै उक्त सम्झौताको प्रतिलिपि प्रतिनिधि सभामा पेश नगरिएको बताउँदै त्यसलाई प्रतिनिधि सभामा पेश गर्दै सबैले अध्ययन गर्न पाउनुपर्ने माग गरेका छन् ।

“यो प्रतिनिधि सभामा पेश गरिएको छैन । प्रतिलिपि पेश गरिएको छैन । अरु थुप्रै सम्झौताका प्रतिलिपि पेश प्रत्येक संसदका सदस्यहरुले पढ्न पाउनुपर्छ ।” उनले भने ।

त्यस्तै एमसीसीसँगै अन्य गोप्य रुपमा गरिएका सम्झौताहरु समेत संसदमा पेश गर्न समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?