काठमाडौं । नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले खोप केन्द्रको व्यवस्थापनमा लापरवाही भएको भन्दै त्यसलाई व्यवस्थित गर्न माग गरेका छन् ।
शुक्रवारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खतिवडाले खोप केन्द्रहरुको व्यवस्थापनामा लाग्न जोड दिएका हुन् ।
“कोभिड महामारीविरुद्ध प्रदान गरिएको खोप लगाउन खोप केन्द्रहरुमा उपस्थित मानिसहरुको भिडभाड देख्दा खोप वितरण व्यवस्थित छैन भन्ने स्पष्ट हुन्छ । यसलाई तत्काल व्यवस्थित गरियोस् ।” उनले भने ।
त्यस्तै राजधानी देखि वडा तहसम्मका अस्पतालहरुमा उपकरणहरुको व्यवस्थापन गर्न समेत आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया