पार्टीको काममा निष्क्रिय रही विकासमा लाग्ने गण्डकीका प्रदेश प्रमुखको घोषणा

लोकपथ
520
Shares

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पार्टीको काममा निष्क्रिय हुने बताएका छन् ।

आज गृह जिल्लाको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रदेश प्रमुख गुरुङले सो कुरा बताएका हुन् ।

आफूलाई पार्टीले निष्ठाको आधारमा जिम्मेवारी दिएपनि पदीय हिसावले आफूले पार्टीको राजनीतिबाट निष्क्रिय रहने प्रतिवद्धता व्यक्त गरे ।
‘वर्तमान सरकार आइसकेपछि झक्झक्याएको थिएँ ।’ उनले भने( ‘कांग्रेसको आसन्न महाधिवेशनमा म निष्क्रिय नै बस्नेछु । ’ मेरो राजनीतिक पृष्ठभूमिलाई दृष्टिगत गरेर पाएको जिम्मेवारी पूरा गर्नेछु ।’

त्यसैगरी संविधानलाई रक्षा गर्दै प्रदेश प्रमुख गुरुङले आफ्नो वुद्धि विवेक अनुसार प्रदेशको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?