राज कुन्द्रा प्रकरण : मिडियासँग खनिँदै शिल्पाले दायर गरिन् मानहानिको मुद्दा

लोकपथ
559
Shares

काठमाडौं । पोर्नोग्राफी प्रकरणमा पति राज कुन्द्राको गिरफ्तारीपछि मुम्बई क्राइम ब्रान्चको तर्फबाट भएको सोधपुछका क्रममा बलिउड अभिनेत्री शिल्पा सेट्टी मिडियामाथि खनिएकी छिन् ।

शिल्पा सेट्टीले मिडियामाथि आफ्नो छवि बदनाम गर्ने आरोप लगाइन् र बम्बई हाइकोर्टमा बिहीबार मुद्दा दायर गरिन् । उनले २९ मिडियाकर्मीहरु र मिडिया घरानाविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छिन् ।

पति राज कुन्द्राको पोर्नोग्राफी केसमा गलत रिपोर्टिङ गर्दै मिडियाले छवि खराब गरिदिएको उनको आरोप छ । यस मामिलामा अदालतमा भोलि सुनुवाइ हुँदै छ ।

यसअघि नै जमानतका लागि राज कुन्द्राले दिएको अर्जीलाई मुम्बईको एक अदालतले खारेज गरिदिएको छ । राज कुन्द्रामाथि पोर्नोग्राफी फिल्म बनाउने र केही ऐप्समार्फत यसलाई प्रशारण गर्ने गरेको अभियोग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?