नुवाकोट । जिल्लाको त्रिशुली अस्पतालमा हालसम्म कोरोना भाइरस (कोभिड-१९) को कारण ४१ जनाको निधन भएको छ ।
बिहीवार र शुक्रवार गरि थप २ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या ४१ पुगेको हो ।
अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै बिहीवार रसुवा कालिका गाउँपालिका ४ की ९५ वर्षीया महिला र नुवाकोट तारकेश्वर गापा ४ का ७० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको छ ।
त्रिशुली अस्पतालमा नुवाकोटसहित रसुवा र धादिङका समेत बिरामीहरुको उपचार हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया