एमालेले पार्टी कार्यालयमा खीर खुवाउँदै

लोकपथ
210
Shares

काठमाडौं । नेकपा एमालेले आज खीर खाने कार्यक्रमको आयोजना गरेको छ ।

किसानहरुले साउन १५ को दिनलाई खीर खाने दिनको रुपमा मनाउने गरेको र एमालेले त्यसैको निरन्तरता दिन लागेको बताइएको छ ।

केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले त्यसबारे जानकारी गराउँदै नेता कार्यकर्ताहरुलाई समेत निमन्त्रणा गरेका छन् ।

दिउँसो २ देखि ३ बजेसम्म पार्टी कार्यालयमा कार्यक्रम राखिएको उनले जानकारी दिएका छन् ।

किसानहरुले खेतीपातीको काम सकेर साउन १५ अर्थात आजको दिन खीर खाएर मनाउने गरेका छन् । त्यसो त देशैभरी आज खीर खाएर साउन १५ मनाउन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?