काठमाडौं । जनता समाजवादी पार्टी नेपालको अध्यक्षका हैसियतमा महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुने भएको
छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो ।
सर्वोच्च अदालतले शुक्रबारका लागि उक्त रिट निवेदन न्यायाधीशद्वय खतिवडा र चुडालको संयुक्त इजलासमा पेसी तोकेको हो ।
गत सोमवार निर्वाचन आयोगमा महन्थ पक्षको कमजोर उपस्थितिपछि जसपाको उपेन्द्र यादव पक्षले आधिकारिकता पाएको थियो । त्यससँगै महन्थले मंगलवार सर्वोच्चमा रिट दायर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया