कांग्रेस महाधिवेशन : सभापति देउवासहित शीर्ष नेताहरु भेट्दै

लोकपथ
221
Shares
Photo: THT

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिए पनि क्रियाशील सदस्यता विवाद पेचिलो बन्दै गएको छ ।

क्रियाशील सदस्यता विवाद समाधानका लागि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासहित ३ वरिष्ठ नेताहरुको बैठक बस्दै छ ।

आज सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भेटघाट हुन लागेको छ ।

केहीबेरमा नेतात्रयबीच सभापति देउवा निवास बूढानिलकण्ठमा भेटघाट हुन लागेको स्रोतले जनाएको छ ।

बुधवार बसेको कांग्रेस पदाधिकारी बैठकले तीन शीर्ष नेताहरुलाई ५ दिनभित्र विवाद समाधानको खाका तयार गर्ने जिम्मेवारी दिएको थियो । सोहीअनुसार आज सभापति देउवासहित नेताहरुले भेटघाट गर्न लागेका हुन् ।

साउन १२ गतेबाट वडा अधिवेशन गर्ने भनिए पनि क्रियाशील सदस्यता विवादका कारण अधिवेशन हुन सकेन । आगामी भदौ १६ देखि १९ गतेसम्मका लागि काठमाडौंमा केन्द्रीय महाधिवेशन बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?