टोकियो ओलम्पिक: भारतीय बक्सर मेरी कोमको ओलम्पिक यात्रा टुंगियो

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फ्लाइवेट बक्सिङ विधातर्फ भारतकी भेट्रान बक्सर मेरी कोमले पराजय भोगेकी छिन्।

बिहीवार महिला फ्लाइवेट ४५-५१ केजी तौल समूहको अन्तिम १६ प्रतिस्पर्धामा कोम कोलम्बियाकी इनग्रिट भ्यालेन्सियासँग ३-२ को अंकमा पराजित हुन पुगिन्। पहिलो चरणमा नै ४-१ अंकले पछि पारेकी मेरी कोमले दोस्रो र तेस्रो चरणमा पुनरागमन गर्ने प्रयास गर्दागर्दै जित प्राप्त गर्न भने असफल रहिन्।

६ पटक विश्व च्याम्पियनशिप विजेता मेरी कोमको टोकियो ओलम्पिक २०२० को यात्रा पदक बिना नै टुंगिएको छ। कोमले सन् २०१२ लन्डन ओलम्पिकमा कास्य पदक जितेकी थिइन्।

३८ वर्षीय कोमको शायद यो अन्तिम ओलम्पिक थियो। एसियन गेम्समा स्वर्ण पदक विजेता कोम भारतीय बक्सिङमा लेजेण्डका रूपमा चिनिन्छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?