आफ्नै एकेडेमी चलाउने चौथो क्लब बन्यो एमएमसी

काठमाडौं। आठ पटक शहीद स्मारक ए-डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लब (एमएमसी)ले आफ्नो युथ एकेडेमी क्लब सञ्चालन गर्ने पक्का भएको छ।

एमएमसीले नेपाल आदर्श आवासीय विद्यालयसँग ६ वर्षको सम्झौतामा हस्ताक्षर गर्दै युथ एकेडेमी सञ्चालन गर्न लागेको हो। मंगलवार अखिल नेपाल फुटबल संघ ‘एन्फा’, एमएमसी र विद्यालयबीच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।

सम्झौता अनुसार पहिलो वर्ष १४ खेलाडीले क्लबसँग अभ्यास गर्नेछन् भने ती युवा खेलाडीलाई छात्रवृत्ति भने स्कुलहरुले प्रदान गर्नेछ। त्यस्तै दोस्रो वर्ष खेलाडी संख्या १४ बाट बढाएर २१ बनाइने छ।

एमएमसी अघि सातदोबाटो युथ क्लब, न्युरोड टिम (एनआरटी) र संकटा क्लबले पनि एकेडेमी सञ्चालन गर्ने निश्चित भइसकेको छ।त्यस्तै नेपालका तीन विभागीय टोली, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)ले पनि युथ एकेडेमी सञ्चालन गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?