खोप लगाउनेलाई प्रतिव्यक्ति ‘एक सय डलर’ दिइने !

लोकपथ
793
Shares

काठमाडौं – २०१९ को डिसेम्बर अन्तिम साता चिनको हुवेई प्रान्तको वुहान शहरबाट शुरु भएको भनिएको कोरोना महामारीको कहर सिंगो विश्वले झेलिरहेको छ ।

१६ महिनादेखि जारी कहरका कारण सम्पूर्ण क्षेत्र ठप्प भएका कारण विश्व आक्रान्त छ ।

मानिसहरुको जनजीवन प्रभावित भइरहेको छ । यसैक्रममा वैज्ञानिकले विभिन्न खोज अनुसन्धानबाट कोरोनाको खोप उत्पादन गरेका छन् । तर त्यो खोप सबैका लागि पहुँचमा पुग्न सकेको छैन । नेपालकै सन्दर्भमा हेर्ने हो भने मानिसहरु खोप लगाउन र खोप लगाएको प्रमाणिकरण गर्नैको लागि जोखिम मोलेरै रातभर लाईन बस्न बाध्य छन् । त्यसो गर्दा पनि उनीहरुले खोप पाएका छैनन् । यसैबीच अमेरिकाबाट एउटा अनौठो /रोचक योजना सार्वजनिक भएको छ ।

राष्ट्रपति जो बाईडेनले सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेका छन्।

बीबीसीका अनुसार बाईडेनले सबैभन्दा ठूलो रोजगारदाता सङ्घीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन्। करिब २० लाख मानिसहरू काम गर्ने संघीय सरकारका कर्मचारीले अब खोप लगाएको प्रमाण देखाउनु पर्नेछ ।

बाईडेनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले वा अनिवार्य कोरोना परीक्षण र मास्क लगाउनुपर्नेछ ।

हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र खोपको पूरा मात्रा लिएका छन्। केहि ठाउँमा खोप लगाउन अस्विकार गर्दै प्रर्दशन भएका छन् भने कतिपय मुख्य स्थानमा समेत ‘नो मास्क’ भन्दै मानिसहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । बिहीवार ह्वाइट हाउसमा बोल्दै बाइडेनले बढी सङ्क्रामक डेल्टा भेरिअन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताउँदै खोप नलगाएकाहरूमा महामारी निम्त्याएको यो भेरियन्टबाट बच्न आफ्ना नागरिकलाई अनिवार्य खोप कार्यक्रममा सहभागि हुन भनेका हुन् ।

बाईडेनले पहिले नै खोप लगाइसकेका अमेरिकीहरूका लागि न्यायसङ्गत जस्तो नदेखिए पनि सबैका हितका लागि नगद प्रोत्साहन दिने घोषणा गरिएको बताए।

उनले भनेका छन्, ‘धेरैभन्दा धेरै खोप लगाएका व्यक्तिहरू भए भने हामी सबैलाई राहत हुनेछ।अमेरिकी राज्यहरूलाई खोप लगाउने नयाँ व्यक्तिहरूलाई अब प्रतिव्यक्ति एक सय डलर दिईनेछ ।’

यो घोषणामुताविक अमेरिकी राज्यहरूले अब अमेरिका रेस्क्यु प्लान अन्तर्गत रहेको १।९ ट्रिलियनको कोषबाट खोपका लागि प्रोत्साहन गरिएको रकम प्रयोग गर्न सक्नेछन्। बाइडनले खोप लगाउन कामदारलाई समय दिने साना र मझौला व्यवसायमा त्यसबाट पुगेको आर्थिक क्षतिको सङ्घीय सरकारले परिपूर्ति गरिदिने समेत बताएका छन्।

गत महिनाको एउटा अध्ययनले अमेरिकामा ९९ प्रतिशत कोभिडसम्बन्धी मृत्यु खोप नलगाएका व्यक्तिमा देखाएको कारण पनि अमेरिकी सरकार गम्भीर बनेको छ। सेन्टर्स फर डिजिज कन्ट्रोलको पछिल्लो विवरण अनुसार त्यहाँ करिब ७० प्रतिशत वयस्कले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन्। तर अमेरिकामा खोप लगाउने मात्रा क्षेत्रीय हिसाबले फरक(फरक छ।दक्षिण र पश्चिम क्षेत्रमा खोप लगाउनेहरू कम छन् र ती क्षेत्रहरूमा अहिले कोभिड महामारी फैलिरहेको बीबीसीले उल्लेख गरेको छ।

अहिले अमेरिकामा प्रतिहप्ता करिब दुई हजार व्यक्तिको कोभिडका कारण निधन भइरहेको छ। त्यस्तै त्यहाँ दैनिक सङ्क्रमण दर पनि ६० हजारसम्म रेकर्ड भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?