काठमाडौं – सत्तारुढ गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेता भोलि चयन हुँदैछ ।
बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भोलि शनिबार संसदीय दलको नेता चयन गर्नका लागि चुनाव गर्ने निर्णय गरेको हो । जसपाका एक नेताले लोकपथसँग भने, ‘सकेसम्म सहमतिका आधारमा नेता छान्ने प्रयास हुनेछ । नभए भोटिङमा जान्छौँ ।’
मंगलबारदेखि चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केही नेताहरुको कार्यविभाजन पनि गरेको छ ।
जसपाको यसअघि बसेको बैठकले संसदीय दलको विधान पारित गरिसकेको छ । यद्यपी बुधबार मन्त्री छान्नका लागि उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलाई जिम्मा दिइएको भएपनि जसपामा कसलाई कुन मन्त्रालय दिने भन्नेबारेमा निक्र्यौल भईसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया