चन्द्रागिरी नगरपालिकाले शुक्रवारदेखि शिक्षकलाई भेरोसेल खोप लगाउने

लोकपथ
84
Shares

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले शुक्रबारदेखि विद्यालय,विश्वविद्यालयमा कार्यरत शिक्षक,प्रध्यापक र विद्यालयका कर्मचारीहरुलाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाउने भएको छ ।

नगरपालिकाका बिहीबार सूचना जारी गर्दै सबै वडाहरुमा भोलिदेखि चिनियाँ भेरोसेल खोपको पहिलो मात्र लगाउँन बाँकी ५० वर्षमाथिका सबै नागरिक लगायत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीलाई खोप दिने निर्णय गरेको हो ।

सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि खोप दिने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाले साउन १५ गतेदेखि १७ गतेसम्म आ–आफ्नो वडामा रहेको स्वास्थ्य संस्थाबाट खोप दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?