प्रधानसेनापति थापाले गरे कमान्ड हेड क्वाटरको निरीक्षण

लोकपथ
637
Shares

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कमान्ड हेड क्वाटरहरूको निरीक्षण गरेका छन् ।

प्रधानसेनापति थापाले नेपाल सरकारबाट स्वीकृत भई लागु भएका सेनाको संगठनात्मक पुनर्संरचना अन्तर्गत साउन १ गतेदेखि सञ्चालनमा आएका कमान्ड हेड क्वाटरहरूको निरीक्षण गरेका हुन् ।

उनले ७ साउनमा श्री पूर्वी कमान्ड हेड क्वाटर हिले, १० गते श्री मध्य कमान्ड हेड क्वाटर पोखरा, १२ गते श्री उपत्यका कमान्ड हेड क्वाटर नारायणहिटी र १४ गते श्री पश्चिम कमाँड हेड क्वाटर सुर्खेतको भ्रमण गरेका छन् ।

उनले भ्रमणमा कमान्ड हेड क्वाटरहरूमा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमान्ड अवधारणाको समयसीमा सहित कार्यान्वयन योजना, प्रदेशसँगको समन्वयको व्यवस्था, विद्यमान चुनौती तथा समाधानका उपायहरू सम्बन्धी जानकारी लिनुका साथै सकल दर्जालाई सम्बोधन गरेको जंगी अड्डाले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?