काठमाडौं । सेयर खरिद प्रकरणमा अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पनि स्पष्टीकरण सोधेको छ।
सर्वोत्तम सिमेन्टको सेयर खरिद विवादका विषयमा मन्त्रालयले नेप्सलाई स्पष्टीकरण सोधेको हो । नेप्सेका सीईओ चन्द्रसिंह साउदले श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेका छन् ।
यस अघि मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई यो विषयमा स्पष्टीकरण सोधेको थियो ।
बोर्डका अध्यक्षको छोरीको नाममा र नेप्सेका सीईओ साउदले श्रीमतीको नाममा सेयर नामसारी भएको भेटिए पछि इन्साइडर ट्रेडिङ भएको भन्दै कारबाहीको हुनुपर्ने आवाज उठेको छ ।
यसै विषयमा मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाखाशाले तीन दिनको समय सीमा नै तोकेर स्पष्टीकरण सोधे पनि बोर्ड अध्यक्ष तथा सीईओ साउदको नाम भने तोकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया