क्रियाशील सदस्यता विवाद कांग्रेसले पाँच दिनभित्र टुंग्याउने

लोकपथ
104
Shares

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको छ।

बिहीबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले क्रियाशील सदस्यताको सम्बन्धमा टुंग्याउन नसकेको विषयहरुलाई पार्टीका शीर्ष नेताहरुले पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको हो ।

बैठकपछि बोल्दै कांग्रेस केन्द्रीय सदस्य एवम् क्रियाशील सदस्यता छानबिन समिति संयोजक रमेश लेखकले पाँच दिनभित्र सबै विवाद मिलाएर पार्टीलाई निर्धारित समयमै महाधिवेशनतिर लैजाने निर्णय भएको जानकारी दिए।

त्यस्तै क्रियाशील सदस्यता छानबिन समिति सदस्य प्रदीप पौडेलले सप्तरी, बारा धनुषा ४, सर्लाही २, सिन्धुपाल्चोक र रसुवामा रहेको विवादबारे केन्द्रीय नेतृत्वले निर्णय गर्ने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?