सभामुख सापकोटा र गृहमन्त्रीबीच भेट : विपद् व्यवस्थापनदेखि विद्येयकसम्मका छलफल

लोकपथ
0
Shares

काठमाडौं । बिहीवार प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाणबीच आज भेटघाट भएको छ ।

सिंहदरबास्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख र गृहमन्त्री खाँडबीच संसदको चालु अधिवेशनमा विद्येयकहरु अघि बढाउनेलगायतका विषयमा छलफल भएको हो ।

सभामुख सापकोटा र मन्त्री खाणबीच यसवर्ष बाढी पहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको संघीय संसद सचिवालयले जनाएको छ।

सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरुको पुनर्स्थापनाको कार्य अघि बढाउने जानकारी दिएका छन् ।

त्यसैक्रममा उनले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितको नाममा सर्वसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताए ।

यसवर्ष मनसुनको सुरुवातसँगै मनाङ र सिन्धुपाल्चोकमा बाढी पहिरोबाटो ठूलो क्षति पुगेपछि सरकारले दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

गतवर्ष पनि बाढी पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?