पूर्वमाओवादी नेताका पद पुनर्बहालीको मुद्दा ‘हेर्न नभ्याइने’मा

लोकपथ
196
Shares

काठमाडौं । सांसद पद पुनर्बहालीको मागसहित रिट दर्ता गराएका ४ पूर्वमन्त्रीसहित १ नेताले दायर गरेको मुद्दा ‘हेर्ननभ्याइने’मा राखिएको छ ।

पूर्वमाओवादीका नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, गोरिशंकर चौधरी र प्रदेशसभा सदस्य दधिराम न्यौपानेले दायर गरेको रिटमा आज सुनुवाइ सुरु भएको हो ।

४ पूर्वमन्त्रीहरुले बुधबार र न्यौपानेले गत साउन ४ गते रिट दर्ता गराएका थिए ।

आज वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी तोकिएको थियो । तर आज नभ्याइनेमा राखिएको हो ।

गत फागुन २३ गतेको सर्वोच्चको फैसलापछि एमाले र माओवादी आ(आफ्नो कित्तामा उभिएपनि ४ नेताहरुसहित ८ जना नेताहरु एमालेमा नै बस्ने निर्णय गरेका थिए । यता माओवादी केन्द्रले सोधेको स्पष्टीकरण नदिएपछि पार्टी र सांसदबाट निस्काषन गरेसँगै उनीहरुको मन्त्रीपद समेत गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?