साताको अन्तिम दिन सेयर बजार ओरालो

लोकपथ
156
Shares

काठमाडौं । कारोबारको अन्तिम दिन सेयर बजारमा खुलेको समय देखि घट्दै कारोबार हुदा अन्ततः सूचक १५.११ ले घटेर ३०७९.८३ बिन्दुमा रोकिएको छ ।

कारोबार रकम पनि आज घटेको छ । गत कारोबार दिन बुधबार १३ अर्ब रुपैयाँ रहेको कारोबार रकम बिहीबार भने १० अर्ब रुपैयाँमा सीमित रह्यो ।

कारोबारमा आएका २ सय १७ वटा कम्पनीको १ लाख ६ हजार ६८२ पटकको कारोबारमा २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयरको १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँबराबरको कारोबार भएको छ ।

आजका दिन धेरै समूहहरूको उपसूचकहरू नकारात्मक छन् भने २ वटाको समूहहरुको सकारात्मक देखिए । जसमा होटेल र डेभ्लब्मेन्ट बैंक कम्पनीहरुको कारोबार सर्वाधिक भएको छ ।

आज ३ वटा कम्पनीहरुको सेयर मूल्य बढेको छ भने तीमध्ये रिद्धी हाईड्रोपावर डेभ्लबमेन्ट कम्पनीको ९.९५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै गुडवील फाइनन्स लिमिटेडको ७.२१ प्रतिशतले घटेको छ ।

बजार घट्दा पनि आज सवार्धिक कारोबार गर्नेमा गुडवील फाइनन्स लिमिटेड रहेको छ । यस कम्पनीले ३३ अर्बको कारोबार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?