‘प्रधानमन्त्रीलाई सफल बनाउन काबिल टिम चाहिन्छ’

लोकपथ
637
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सफल हुनका लागि काबिल मन्त्रीहरुको आवश्यक्ता पर्ने बताएका छन् ।

आज विश्व बाघ दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री एक्लैले पहल गरेर नहुने सहयोगी, सहयोद्धा चाहिनेमा जोड दिए ।
उनले भने ‘प्रधानमन्त्री एक्लैले पहल गरेर हुँदैन । सहयोगी, सहयोद्धा, पनि त्यस्तै काबिल चाहिन्छ, समर्पित चाहिन्छ र सिर्जनात्मक चाहिने रहेछ’ ।
त्यसैगरी उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई सक्षम टीम आवश्यक्ता रहेको सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?