कांग्रेस महाधिवेशनबारे गोकुल बास्कोटाको चासो !

लोकपथ
312
Shares

काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसको महाधिवेशनबारे प्रतिक्रिया जनाएका छन् ।

पूर्वमन्त्री समेत रहेका नेता बास्कोटाले कांग्रेसले कोरोना काललाई शून्य समय मान्दै डेढ वर्ष सार्न लागेको बताए ।

सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले कांग्रेसले मौका पाए डेढ वर्ष निर्वाचन सार्ने नपाएमा पनि वडा तहको महाधिवेशन गर्ने तर पालिका र जिल्ला तहको अधिवेशन नै नगरी एकैपटक कार्तिकमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको भन्दै प्रतिक्रिया दिएका छन् । ‘मैले त पहिल्यै भन्या छु- कांग्रेस शून्य समयको प्रबन्ध मिलाउन खोज्दै छ । मौका पाए डेढ वर्ष महाधिवेशन सार्छ नपाए अब वडातहको गर्छ । तर पालीका र जिल्ला तहको अधिवेशन नगरी कार्तिकतिर सिधै महाधिवेशन गर्छ।’ उनले भने ।

त्यस्तै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले पटक-पटक सारेर महाधिवेशन गरे पनि त्यो प्रजातान्त्रिक हुने भन्दै व्यंग्य समेत गरेका छन् ।

बास्कोटाले भनेका छन्, ‘देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ। निरंकुश कस्ले भन्दोरहेछ हामी पनि हेरौँ त !’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?