उखु किसानद्वारा बक्यौता भुक्तानी नपाए आन्दोलन गर्ने घोषणा

लोकपथ
42
Shares

काठमाडौं । लामो समयदेखि आफ्ना मागहरु लिएर सडकमा उत्रिएका उखु किसानहरु फेरि काठमाडौं आएका छन् । चिनी मिलबाट १५ करोड बढी भुक्तानी नपाएपछि सरकारलाई दबाब दिन उखु किसानहरु काठमाडौंं आएको बताइएको छ ।

उखु किसानहरुले भदौ ५ सम्म चिनी मिलबाट आफ्ना बक्यौता भुक्तानी नपाए आन्दोलन गर्ने घोषणा गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरुले विगतमा भएको सहमति पालना नभएको भन्दै भदौ ५ सम्मको अल्टिमेटम दिँदै आन्दोलनको घोषणा गरको हुन्।

उखु किसान संघर्ष समिति एवं नेपाल सरकार उद्योग मन्त्रालयवीच २०७७ साल पौष १३ गते पाँचबुँदे सहमति दोस्रो पटक भएको थियो । सहमति अनुसार २१ दिनभित्र उखु किसानहरुको सम्पूर्ण बाँकी बक्यौता रकम उद्योग मन्त्रालयले भुक्तानी गराउन जिम्मेवारी लिएको थियो । तर सम्पूर्ण रकम भुक्तानी नगाइएको संघर्ष समितिले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?