नेपाली सेनाले अभ्यासका लागि बख्तरबन्द गाडी सडकमा गुडाउँदै

लोकपथ
390
Shares

काठमाडौं । नेपाली सेनाले सडकमा बख्तरबन्द गाडी (आर्मोर्ड भेहिकल)को अभ्यास गर्ने भएको छ ।

सेनाले सकल दर्जाको ‘ड्राइभिङ स्किल’ वृद्धि गर्न भन्दै ‘मेकानाइज्ड युनिट’हरुबाट सो अभ्यास गर्न लागेको हो ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले दिएको जानकारी अनुसार स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा ‘रोड ड्राइभिङ’ अभ्यास सञ्चालन गर्न लागेको हो।

आगामी भदौदेखि चैतसम्म सीतापाइलामा तैनाथ गणले सुनसरी ब्यारेक इटहरीमा तैनाथ गुल्मले साउनमा तथा बोराडाँडी ब्यारेक कैलालीमा तैनाथ गुल्मले साउन र भदौमा रोड ड्राइभिङ अभ्यास सञ्चालन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?