नेपालले आफ्नै स्याटेलाइट राख्न गरेका सबै प्रस्ताव खारेज

लोकपथ
26
Shares

काठमाडौं । नेपालको आफ्नै स्याटेलाइट राख्नका लागि गरिएको प्रस्ताव खारेज भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले बुधवार एक सूचना जारी गर्दै सो बारेमा जानकारी गराएको हो ।

सबै प्रस्ताव नन रेस्पोन्सिभ भएकाले खारेज गरेको प्राधिकरणले जनाएको छ । ​

प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भूउपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको थियो ।

सार्वजनिक खरिद ऐन २०६३ अनुसार सबै प्रस्ताव र खरिद प्रक्रिया खारेज गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ। त्यसका साथै अब नयाँ प्रक्रिया अनुसार यसलाई अगाडि बढाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?