माग पूरा नभएपछि उखु किसानहरु फेरि काठमाडौंमा

लोकपथ
119
Shares

काठमाडौं । लामो समयदेखि आफ्ना मागहरु लिएर सडकमा उत्रिएका उखु किसानहरु फेरि काठमाडौं आएका छन् ।

सम्झौताअनुसार आफूहरुले चिनी मिलबाट भुक्तानी नपाएको भन्दै फेरि प्रदर्शनका लागि काठमाडौं आएका हुन् ।

आफूहरुले चिनी मिलबाट १५ करोड बढी भुक्तानी नपाएपछि सरकारलाई दबाब दिन काठमाडौंं आएको बताइएको छ ।

यसअघि गत पुसमा आफ्ना मागहरुसहित काठमाडौंमा प्रदर्शन गरेका किसानहरुले सरकारसँग सम्झौतापछि फर्किएका थिए ।

२०७६ पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा किसान र चिनी मिल उद्योगीबीच भएको ४ बुँदे सम्झौता भएको थियो ।

तर सो सम्झौताअनुसार आफ्ना मागहरुको सम्बोधन नभएको भन्दै उनीहरु पुनः आन्दोलनका लागि काठमाडौं आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?