पूर्व ४ मन्त्रीले दिएको रिटमा आज सुनुवाइ हुँदै

लोकपथ
98
Shares

काठमाडौं । सर्वोच्च अदालतमा नेकपा माओवादी केन्द्रले कारवाही गरेका ४ पूर्व मन्त्रीहरुले दिएको रिटमा आज सुनुवाई हुँदैछ ।

माओवादी केन्द्रको कारवाहीपछि सांसद पदसहित मन्त्री पदसमेत गुमाएका एमालेका ४ नेताहरुले दिएको रिटमा आज सुनवाइ हुन लागेको हो ।

बुधवार पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरिशंकर चौधरीले पद पुनर्बहालीको मागसहित रिट दर्ता गराएका थिए ।

आज सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ हुने भएको हो । चारै जना नेताहरुले आफूहरु एमालेमा रहेपनि माओवादीको दल त्याग नगरेको दाबीसहित अन्तरिम आदेशको समेत माग गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?