मन्त्रीमण्डल विस्तारको तयारी, देउवा भेट्न प्रचण्ड बालुवाटारमा

लोकपथ
286
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मन्त्रिमण्डल विस्तारको विषयमा छलफल भएको बुझिएको छ ।

कांग्रेस माओवादी, जनता समाजवादी पार्टी (जसपा), एमाले माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चासहितको देउवा नेतृत्वको सठबन्धन सरकारले मन्त्रीमण्डललाई पूर्णता दिन सकेको छैन । यसअघि बुधवार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा माओवादी केन्द्र र जसपाले सरकारमा जानेहरुको नाम छिट्टै टुंग्याउने बताएका थिए । यसैबीच आज प्रचण्डले प्रधानमन्त्रीलाई माओवादी केन्द्र तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम बुझाएको बताइएको छ ।

त्यससँगै आज प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रीमण्डल विस्तार गर्ने स्रोतले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?