७ चैत्र २०७९, मंगलवार

आकर्षण बन्यो ‘पैँचो पसल’

२०७४,आश्विन,२२,आईतवार १०:३३

9
Shares

 – कृष्ण दर्नालपाल्पा, २२ असोज ।स्थानीय उत्पादनलाई बजारमा प्रर्वद्धन गर्ने लक्ष्यका साथ पाल्पामा ‘पैँचो पसल’ सञ्चालनमा ल्याइएको छ ।अर्गानिक उत्पादन र अन्य पसलमा भन्दा सस्तोमा पाउन थालेपछि उपभोक्ताको यो पसलप्रति आकर्षण बढेको हो । डेढवर्ष अघि गुल्मीको बलेटक्सारबाट सञ्चालनमा आएको पैँचो पसलले पाल्पाको तानसेनमा शाखा स्थापना गरेपछि स्थानीय उत्पादनले बजार पाउन थालेका छन् ।ग्रामीण क्षेत्रमा उत्पादित वस्तु बजारसम्म पु¥याउने र उपयुक्त मूल्यमा बिक्री गर्ने उद्देश्यले स्थापित पैँचो पसलको यो नवौं शाखा हो । पाल्पा जिल्ला सदरमुकाम तानसेनस्थित विशाल बजारबाट पसलले सेवा दिँदै आएको छ ।स्थानीय उत्पादन सस्तो र सुपथ मूल्यमा पाउन थालेपछि यसप्रति उपभोक्ताको रुचि बढेको हो । पैँचो पसल राजधानी काठमाडौँ, पोखरा, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, नारायणगढ, हेटौँडा, भैरहवा, बुटवलमा सञ्चालनमा रहेका छन् । हालसम्म दुई सय भन्दा बढी युवालाई यो संस्थाले रोजगार दिलाएको प्रबन्ध निर्देशक धु्रवराज न्यौपानेले बताउछन ।ग्रामीण क्षेत्रमा उत्पादित मकै, कोदो, फापर, जौ, टिमुर, स्थानीय जातका सिमी, बोडी, गुन्द्रुकलगायतका अन्नले सहज रुपमा बजार पाएको र र प्रालिका सबै उत्पादन स्वस्थकर रहेको निर्देशक न्यौपानेले बताए ।पैँचो पसलले शहरमा बसोवास गर्दैआएका उपभोक्तालाई गाउँघरको शुद्ध उत्पादन खुवाउन सफल भएको छ । गुल्मी, पाल्पा, जुम्ला, रुकुम, कालीकोट, रोल्पा र अर्घाखाँची लगायतका देशका पचास स्थानमा स्थानीय जातका अन्नबाली तथा जडीबुटी संकलन गरेर बजारसम्म पु¥याउन यो संस्था सफल भएको बताइएको छ ।प्रालिले आगामी दिनमा सेवा विस्तार गर्दै बागलुङ, पर्वत, स्याङ्जा लगायतका जिल्लाका किसानहरुसँग समेत पैंचोको परियोजना पु¥याउने लक्ष्य राखेको छ । राष्ट्रिय युवा प्रतिभा पुरस्कार पाउन सफल यो संस्थाले गुल्मीको रिडीमा पैँचो प्रशोधन उद्योग स्थापना गरेको छ ।हाते प्रविधि प्रयोग गरेर अचार, चुक, दाल लगायतका खाद्य वस्तुको परीक्षण उत्पादन गरी बुटवलमा बिक्री गर्दै आएको पैंचो पसलले गत वैशाखदेखि अत्याधुनिक प्रशोधन कारखाना सञ्चालन गरी २७ प्रकारका खाद्य वस्तु उत्पादन गर्दै आएको प्रालिका अध्यक्ष दुर्गाराज भण्डारीले बताए ।पसलमा खाद्यवस्तु, तरकारी, फलफूल, फेन्सी कपडा समेत पाइने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार १०:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आइतबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य मंगलबार सामान्य वृद्धि भएको छ । सोमबार नेपाली बजारमा प्रतितोला छापावाला सुनको

काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतको अल्फा अटोमोटिभ प्रालिले काठमाडौंको नारायणचौर नक्साल

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा

काठमाडौं । पछिल्लो समय जीवन बीमा र यसको जनचेतनाले पुर्याएको सकारात्मक पक्षले गर्दा जीवन बीमा संस्कारको रुपमा विकास हुँदै गएको

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८
सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा
 २०७९,चैत्र,७,मंगलवार १२:३०