राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पौडेलले लिए पद तथा गोपनीयताको शपथ

लोकपथ
390
Shares

काठमाडौं । नवनियुक्त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल रहेका थिए । देउवा नेतृत्वको सरकार आएसँगै कँडेललाई हटाएर पौडेललाई नियुक्त गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?