सानो गाउँबाट आएर ठूलो पर्दामा छाएका यी बलिउड नायिका

लोकपथ
1.9k
Shares

काठमाडौं । बलिउड इन्डस्ट्रीमा नेपोटिजमका कारण विभिन्न समयमा विवाद आइरहन्छ । आफ्ना आफन्त वा परिवारका मान्छेलाई इन्डस्ट्रीमा ल्याउन भएका विभिन्न विवाद बेला–बेला चर्चामा आइरहन्छन् ।

तर, बलिउडमा यस्ता धेरै कलाकारहरू छन् जो बिनापहिचान र इन्डस्ट्रीमा कोहीसँग पनि चिनजान नभई स्टार बनेका छन् ।

हो, आज हामी त्यस्तै स्टारहरूका बारेमा चर्चा गर्न गइरहेका छौँ, जो सानो सहरबाट आएर आफ्नो पहिचान बनाउन सफल भएका छन् ।

प्रियंका चोपडा :

Priyanka Chopra: A bollywood Director Says Cheap Words With Dress Designer for Actress While Shooting/ For a Film Then Priyanka Taken a Big Step - 'हिरोइन को तो छोटे से छोटे कपड़े...',

ग्लोबल आइकन प्रियंका चोपडा उत्तर प्रदेशको बरेलीबाट आएकी हुन् । बरेली उत्तर प्रदेशको एक सानो सहर हो । बरेलीबाट आएकी प्रियंका बलिउड मात्र नभई हलिउडसमेत आफ्नो स्थान बनाउन सफल भएकी छिन्् ।

प्रियंकाको जन्म जमशेदपुरमा भएको थियो । मिस इन्डिया वल्र्डको ताज जितेपछि प्रियंकाले फिल्म ‘थमिजहन’बाट आफ्नो डेब्यु गरेकी थिइन् ।

ऐश्वर्या राय : 

बड़े पर्दे पर धमाल मचाने आ रही हैं एक्ट्रेस ऐश्वर्या राय बच्चन, भारतीय सिनेमा की सबसे महंगी फिल्मों में से एक में करेंगी काम, जाने नाम | Actress ...

विश्व सुन्दरीको ताज हात पारेकी बलिउड अभिनेत्री ऐश्वर्या रायको जन्म कर्नाटकको मैंगलुरमा भएको हो । ऐश्वर्या रायका पिता इन्जिनियर हुन् र आमा लेखक हुन् । कर्नाटकको एक सानो गाउँबाट आएकी ऐश्वर्या रायको सारा विश्व नै दिवाना छन् ।

कंगना रनौत :

कंगना रनौत का पूरा जीवन परिचय (kangana Ranaut wiki in hindi) - thebandhu.com

बलिउडकी धाडक गर्लका रूपमा चिनिने कंगना रनौत हिमाचल प्रदेशको मनालीबाट आएकी हुन् । कंगनाले बलिउड इन्डस्ट्रीमा आफ्नै कामका कारण यो स्थान बनाएकी हुन् । बोली र ट्वीटरका पोष्टका कारण बेला–बेला उनी चर्चामा आइरहन्छिन् ।

विद्या बालन :

Vidya Balan said- You can call me short, fat or bold, but I will say that I cannot change myself | विद्या बालन बोलीं- आप मुझे छोटी, मोटी या बोल्ड कुछ भी

बलिउडकी अर्की चर्चित अभिनेत्री हुन् विद्या बालन । विद्या केरलाको पलक्कडबाट आएकी हुन् ।

उनले बलिउडभन्दा पहिले टीभीहरूमा काम गरेकी थिइन् । उनले बलिउडलाई धेरै हिट चलचित्र दिएकी छिन् ।

प्रीति जिन्टा :

३४ सन्तानकी आमा प्रीति | Nagarik News - Nepal Republic Media

बलिउडमा डिम्पल गर्लको उपनाम पाएकी प्रीति जिन्टा सिम्लाको रोहरूबाट आएकी हुन् ।

प्रीतिका फ्यान उनको क्युट स्माइल र डिम्पलको दिवाना छन् । उनले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएकी छिन् ।

अनुष्का शर्मा :

birthday special anushka sharma virat kohli: movie birthday special anushka sharma wife of virat kohli new and hot pic looks like pari | Navbharat Times Photogallery

बलिउड अभिनेत्री अनुष्का शर्मा अयोध्याबाट आएकी हुन् । पछि उनी बैंलुर गएकी थिइन् । अनुष्काको पनि फिल्म क्षेत्रमा पारिवारिक सम्बन्ध थिएन । अनुष्काले फिल्म ‘बैन्ड बाजा’बाट आफ्नो डेब्यु गरेकी हुन् । त्यसपछि उनले बलिउडका बादशाह शाहरूख खानसँग ‘रब ने बना दी जोडी’ फिल्ममा काम गरिन् । जुन उनको सुपरहिट फिल्ममध्ये एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?