अखिल फोर्सले राष्ट्रिय भेला गर्दै

लोकपथ
588
Shares

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय विद्यार्थी संगठन अनेरास्ववियुले गठन गरेको अखिल फोर्सको राष्ट्रिय भेला गर्ने भएको छ ।

अखिल फोर्सको राष्ट्रिय भेला साउन १६ गते काठमाडौंमा गर्न लागिएको अनेरास्ववियुका एक नेताले जानकारी दिए । भेलालाई एमाले वरिष्ठ नेता नेपालले सम्बोधन गर्ने जनाइएको छ ।

एमाले संस्थापन समुहले युथ फोर्स गठन गरेपछि वरिष्ठ नेता नेपाल समुहले अखिल फोर्स गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?