अमेरिकाका रोबर्ट फिन्कले जिते ओलम्पिककै पहिलो ८०० मीटर फ्रि-स्टाइलमा स्वर्ण

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष ८०० मीटर फ्रि-स्टाइल पौडीतर्फको स्वर्ण पदक संयुक्त राज्य अमेरिकाका रोबर्ट फिन्कले जितेका छन्।

ओलम्पिक इतिहासमै पहिलो पटक समावेश गरिएको ८०० मीटर फ्रि-स्टाइलमा स्वर्ण जित्ने क्रममा फिन्कले ७ मिनेट ४१.८७ सेकेन्डमा टच पूरा गरेका थिए। उनले इटालीका ग्रेगोरियो पाल्ट्रिनेरीलाई ०.२४ सेकेन्डले पराजित गरेका हुन्।

सन् २०१६ रियो ओलम्पिकमा १५०० मीटर फ्रि-स्टाइल विजेता पाल्ट्रिनेरीले रजत पदक प्राप्त गरे भने युक्रेनका माईखाइलो रोमाञ्चुकले काश्य पदक हात पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?