कांग्रेसको पदाधिकारी बैठक बस्दै

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा दिउँसो २ बजेपछि बस्नेगरी बैठक बोलाइएको जनाइएको छ ।

पछिल्ला दिनमा कांग्रेस पदाधिकारी बैठक नियमित बसिरहेको छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा छलफल भइरहेको छ । आजपनि महाधिवेशनकै सम्बन्धमा छलफल हुने बताइएको छ ।

कांग्रेसले क्रियाशील सदस्यताको सम्बन्धमा त्रुटीहरु सच्याउन आज दिउँसो सम्मको समय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?