टोकियो ओलम्पिक: पुरुष फुटबलतर्फको क्वार्टर फाइनल समीकरण पूरा, अर्जेन्टिना र जर्मनी समूह चरणबाटै बाहिरिए

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलतर्फको क्वार्टर फाइनलको समीकरण पूरा भएको छ।

बुधवार सम्पन्न समूह चरणको अन्तिम चरणका खेल पश्चात् अन्तिम आठमा पुग्न सफल राष्ट्रहरू पक्का भएका हुन्। सो दौरान केही दावेदार मानिएका राष्ट्रहरु समूह चरणबाटै बाहिरिएका छन्।

पदक अपेक्षा गरिएको फ्रान्स, अर्जेन्टिना र जर्मनी जस्ता दावेदार टोलीले समूह चरण समेत पार गर्न सकेनन्। अर्कोतिर, आयोजक राष्ट्र जापानसँगै मेक्सिको, आइभरी कोस्ट तथा इजिप्टले भने नकआउट चरणमा स्थान बनाउन सफल भएका छन्।

समूह ‘ए’

फ्रान्स अण्डर २३ ०-४ जापान अण्डर २३
स्थान: निसान स्टेडियम

दक्षिण अफ्रिका अण्डर २३ ०-३ मेक्सिको अण्डर २३
स्थान: सपोरो डोम

समूह ‘ए’बाट क्वार्टर फाइनलमा

जापान अण्डर २३
खेल: ३
जित: ३
गोल अन्तर: ६
अंक: ९

मेक्सिको अण्डर २३
खेल: ३
जित: २
हार: १
गोल अन्तर: ५
अंक: ६

 

समूह ‘बी’

रोमानिया अण्डर २३ ०-० न्युजिल्यान्ड अण्डर २३
स्थान: सपोरो डोम

दक्षिण कोरिया अण्डर २३ ६-० होन्डुरस अण्डर २३
स्थान: निसान स्टेडियम

समूह ‘बी’बाट क्वार्टर फाइनलमा

दक्षिण कोरिया अण्डर २३
खेल: ३
जित: २
हार: १
गोल अन्तर: ९
अंक: ६

न्युजिल्यान्ड अण्डर २३
खेल: ३
जित: १
बराबरी: १
हार: १
गोल अन्तर: ०
अंक: ४

 

समुह ‘सी’

अस्ट्रेलिया अण्डर २३ ०-२ इजिप्ट अण्डर २३
स्थान: मियागी स्टेडियम

स्पेन अण्डर २३ १-१ अर्जेन्टिना अण्डर २३
स्थान: साइटामा स्टेडियम

समूह ‘सी’बाट क्वार्टर फाइनलमा

स्पेन अण्डर २३
खेल: ३
जित: १
बराबरी: २
गोल अन्तर: १
अंक: ५

इजिप्ट अण्डर २३
खेल: ३
जित: १
बराबरी: १
हार: १
गोल अन्तर: १
अंक: ४

 

समूह ‘डी’

जर्मनी अण्डर २३ १-१ आइभरी कोस्ट अण्डर २३
स्थान: मियागी स्टेडियम

साउदी अरेबिया अण्डर २३ १-३ ब्राजिल अण्डर २३
स्थान: साइटामा स्टेडियम

समूह ‘डी’बाट क्वार्टर फाइनलमा

ब्राजिल अण्डर २३
खेल: ३
जित: २
बराबरी: १
गोल अन्तर: ४
अंक: ७

आइभरी कोस्ट अण्डर २३
खेल: ३
जित: १
बराबरी: २
गोल अन्तर: १
अंक: ५

 

क्वार्टर फाइनल समीकरण

यी आठ राष्ट्रले जुलाई ३१, शनिबार अन्तिम आठ चरणमा प्रतिस्पर्धा गर्नेछन्। क्वार्टर फाइनलको तालिका यस्तो रहेको छ।

स्पेन अण्डर २३विरुद्ध आइभरी कोस्ट अण्डर २३
जापान अण्डर २३विरुद्ध न्युजिल्यान्ड अण्डर २३
ब्राजिल अण्डर २३विरुद्ध इजिप्ट अण्डर २३
दक्षिण कोरिया अण्डर २३विरुद्ध मेक्सिको अण्डर २३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?