४ आश्विन २०७८, सोमवार

सप्तरीमा भाइरल ज्वरोका बिरामी बढे

२०७८,श्रावण,१३,बुधबार २२:५८


सप्तरी । मौसममा भएको परिवर्तनसँगै सप्तरीको बोदेबर्साइन नगरपालिका – ५ स्थित शत्रुधन अस्पतालमा भाइरल ज्वरोका बिरामी वृद्धि भएका छन् । विगत पाँच/सात दिनदेखि अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने क्रममा वृद्धि भएको अस्पतालका मेडिकल अधिकृत डा.अरविन्द्रकुमार यादवले जानकारी दिए ।

उनले उपचारका लागि अस्पताल आउने बिरामीमध्ये अहिले ६०/७० प्रतिशत भाइरल ज्वरोका रहेको बताए । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् । बिरामीमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखापर्ने गरेको डा.यादवको भनाइ छ । भाइरल ज्वरोको उपचारका लागि अस्पतालमा दैनिक २५/३० बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

विगत केही दिनयता तराई मधेशमा अत्यधिक गर्मीका कारण वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको स्थानीयवासी उमेशकुमार साहले बताए । अत्यधिक गर्मीका कारण शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले पनि शरीरले तापक्रम अनुकूल रूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको चिकित्सकको भनाइ छ । भाइरल ज्वरोका प्रकोप बढेको बेला झोल पदार्थ बढी खान, पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन सबैमा आग्रह गरिएको बोदेबर्साइन नगरपालिका स्वास्थ्य शाखाका संयोजक वैद्यनाथ साहले बताए ।

यस्तै सप्तरीको राजविराजस्थित गजेन्द्र अस्पतालमा पनि उपचारका लागि आउने भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दो छ । एक्सरे मेसिन बन्द, सेवाग्राही मर्कामा सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको एक्सरे मेसिन बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

अस्पतालमा सञ्चालनमा रहेको एक्सरे मेसिन बन्द हुँदा उपचार गराउन आउने बिरामी सास्ती भोग्न वाध्य छन् । बाहिर गएर एक्सरे गराउँदा दोब्बर खर्चनुपरेको बिरामीको गुनासो छ । केही वर्षअघिसम्म रेफरल सेन्टरको नामले परिचित यो अस्पतालमा व्यापक सुधार खाँचो रहेको राजविराजका बिजय रजकको भनाइ छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजीत कुमार झाले प्राविधिक गडबडी र युपिएस बिग्रेका कारण बन्द भएको एक्सरे सेवो एक/दुई दिनमा पुनः सञ्चालनमा आउन सकिने बताए ।

प्रकाशित मिति: २०७८,श्रावण,१३,बुधबार २२:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नजिकिँदै गरेको बडादशैं, तिहार तथा छठ लगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा

काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । खार्रालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । ४ दशमलव २ म्याग्निच्युडको

वासुदेव पौडेल/गण्डकी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले आफ्नो सय दिनको कार्यावधिमा प्राकृतिक विपद्को उद्धार तथा राहतदेखि कोरोना

काठमाडौं । सर्वोच्च अदालतले नकारात्मक टिप्पणी गरेको वा अभिव्यक्ति दिएकै आधारमा कसैलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

ताजा समाचार

दार्चुलामा भूकम्पको धक्का
 २०७८,आश्विन,४,सोमवार १७:२९