लागुऔषधसहित एक युवक पक्राउ

लोकपथ
195
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका – २ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध एक हजार १९८ ट्याब्लेट नाइट्राभेट, ५० एम्पुल डाइजेपाम, ५० एम्पुल फेनारगन र ५० एम्पुल नुफिनसहित एक जनालाई आज पक्राउ गरिएको छ ।

पक्राउपर्नेमा दाङ, सिसनिया गाउँपालिका – ६ बस्ने २८ वर्षीय देव चौधरी रहेका छन् । धरानबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १४५७ नंको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा देवलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको हो । उनका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यता गोदावरी नगरपालिका – ३ स्थित तान्चिनटार सेवा समाजको सामुदायिक भवनमा रहेको सर्वोपरी बचत तथा ऋण सहकारी संस्थाबाट रु पाँच लाख चोरी भएको छ । उक्त भवनको मूल ढोकाको ताला फुटाइ काउन्टरमा राखेको उक्त नगद चोरी भएकाले चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?