महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

लोकपथ
104
Shares

जनकपुरधाम । महोत्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको भंगहा नगरपालिका वडा नम्वर ७ बस्ने १७ वर्षीय राजु पासवानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजुलाई काकाको घरमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । उनको बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टम गराई आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?