जसपामा मन्त्री छान्ने जिम्मा ३ शीर्ष नेतालाई

लोकपथ
260
Shares

काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा ३ शीर्ष नेताहरुलाई दिएको छ ।

बुधवार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्षद्धय डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको एक नेताले जानकारी दिए ।

बुधवार नै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले जसपालाई छिटो सरकारमा आउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?