संगठनभित्रका समस्या सुधार्दै जाने नेपाल प्रहरीको प्रतिवद्धता

लोकपथ
338
Shares

काठमाडौं । नेपाल प्रहरीले संगठनभित्र रहेका समस्या र गलत क्रियाकलापहरु सुधार्दै जाने प्रतिवद्धता गरेको छ ।

बुधवार नेपाल प्रहरीले आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी नायव महानिरिक्षक बसन्तबहादुर लामाले प्रहरी संगठन भित्र देखापर्ने गरेका समस्या र गलत क्रियाकलापहरुलाई प्राप्त पृष्ठपोषणका आधारमा सुधार गर्दै जाने बताएका हुन् । उनले प्रहरीको गलत क्रियाकलाप विरुद्धमा आलोचनात्मक सुझावहरुको अपेक्षा गरेको बताए । उनले भने, ‘हाम्रा कामहरुमा भएका केही गलत किसिमका कार्यहरु भएका छन्, त्यस सन्दर्भमा भएका सुचनाहरु वा कुनै क्षेत्रहरु जुन हामिले गर्नुपर्ने थियो तर संगठनले ध्यान पु¥याउन नसकिरहेको अवस्था छ, त्यस्ता क्रियाकलापहरुमा प्राप्त हुने पृष्ठपोषण हामीले सधै प्राप्त होस् भनेर लागिरहेका छौँ । र त्यसमा प्रतिक्षामा छौँ । यहाँहरुबाट प्राप्त हुने ति सबै आलोचनात्मक समेतका सुझावहरु हामी स्वागत गर्छौ । संगठनले त्यस्ता समस्या, गुनासा, क्रियाकलापहरु छन् भने त्यसलाई सुधार्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गर्न चाहान्छु ।’

नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवरले प्रहरीले आ.व.०७६/७७ मा विभिन्न दर्जाका ४ हजार ९५१ जनालाई पुरस्कार र १ हजार ९७४ जनालाई विभिन्न किसीमको कारबाही गरिएको जानकारी दिए । त्यस्तै, आ.व. ०७७/७८ मा विभिन्न दर्जाका ४ हजार ४३० जनालाई पुरस्कार र १ हजार ९८२ जनालाई कारबाही गरिएको उनले जानकारी दिए । उनले गैरव्यवसायिक काम गर्ने, अपराधमा संलग्न हुने र आर्थिक अनियमितता गर्नेहरुलाई कारबाही गर्ने गरिएको बताए ।

नेपाल प्रहरीले अपराध अभिलेखको व्यवस्थापनतर्फ राष्ट्रिय अपराध सूचना केन्द्रको सफ्टवेयर निर्माण सम्पन्न भएको जानकारी दिए । त्यस्तै उनले ज्यान सम्बन्धी कसूर अनुसन्धान कार्य निर्देशन, २०७७ जारी भइ कार्यान्वयनमा रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?