मदिराले मात्र होइन, अरू कारणले पनि कलेजो खराब हुन्छ

लोकपथ
832
Shares

सहरी क्षेत्रको खानपिन र जीवनशैलीले अहिले धेरै व्यक्तिहरूलाई कलेजोसँग सम्बन्धित विभिन्न समस्याहरू देखाउन थालेको छ । कलेजोसँग सम्बन्धित विभिन्न समस्याहरू मध्ये अहिले ‘फ्याट्टि लिभर’को समस्या तुलनात्मक रूपमा बढ्ने क्रममा रहेको छ ।

‘फ्याट्टि लिभर’ भनेको कलेजोको वरिपरि बोसो जम्नु हो । यसरी लागेको बोसो थोरै मात्रामा हुनुलाई सामान्य मानिए पनि बोसोको मात्रा बढेर शरीरमा समस्या आएपछि यसलाई असामान्य मानिन्छ ।

कलेजोको समस्या मूलतः मदिरा सेवन गर्ने व्यक्तिलाई बढी हुन्छ भनिन्छ । तर मदिरा सेवन गर्नेलाई मात्र नभएर सेवन नगर्ने व्यक्तिहरूमा पनि कलेजोमा समस्या देखिने गरेको छ ।

‘फ्याट्टि लिभर’ हुनुको मुख्य कारणमा चिल्लो खानेकुरा अत्यधिक खानाले, मोटोपन हुनाले, खाना पच्ने समस्या हुनाले हुन्छ । यो बाहेक मदिरा सेवन अत्यधिक गर्नाले र भाइरसको इन्फेक्सनको कारणले पनि कलेजोमा समस्या आउने गर्छ । यी मध्ये ‘फ्याट्टि लिभर’ को समस्या शरीरको भित्री भागमा अत्यधिक बोसो जम्मा हुनाले नै हुने गर्छ ।

‘फ्याट्टि लिभर’ हुँदैमा सबैमा लक्षण देखिन्छ भन्ने पनि हुदैंन । यही कारणले गर्दा पनि यो समस्या कहिले काहीँ जटिल भएपछि मात्रा थाहा हुन्छ ।

‘फ्याट्टि लिभर’ को समस्या हुँदा पहिलो चरणमा समस्या नदेखिन पनि सक्छ । यो समस्या गम्भीर अवस्थामा पुगेपछि बल्ल देखाउन थाल्छ । यो समस्या बढेपछि मानिसलाई भोक नलाग्ने, शरीर दुख्ने, पेटको बायाँ भागमा पिडा हुने गर्छ ।

‘फ्याट्टि लिभर’ शरीरमा यसरी जम्मा भैरहदाँ यसले कलेजोलाई पनि असर गर्न थाल्छ । कलेजो खराब भएपछि कलेजोले राम्ररी काम गर्न सक्दैन र यसलाई सिरोसिस पनि भनिन्छ ।

कलेजोले हाम्रो शरीरमा के काम गर्छ भन्दा यो हाम्रो शरीरको दोस्रो ठुलो महत्त्वपूर्ण अङ्ग मानिन्छ । यसले मूलतः हामीले खाएको खानेकुराबाट पोषक तत्त्वहरू छान्ने र खराब कुराहरूलाई छान्ने काम गर्छ ।

कलेजोमा सिरोसिस हुने अवस्था आएपछि कलेजोले काम गर्न छोड्छ । जसको कारण पेटमा पानी भरिने, जन्डिस हुने जस्ता किसिमका रोगहरू देखा पर्छ ।

‘फ्याट्टि लिभर’ को समस्या हुन नदिने उपायहरू पनि नरहेका भने होइनन् । यसको लागि चिकित्सकहरूले स्वस्थ जीवनशैली अपनाउनु र मोटोपनलाई कम गर्नु नै मुख्य उपाय मानेका छन् । यो बाहेक हामीले सन्तुलित खाना खाने र नियमित व्यायाम गर्ने पनि बत्ताउँछन् ।

हेपाटाइटिसबाट पनि ‘फ्याट्टि लिभर’ को समस्या हुने गर्छ । त्यसैले यसबाट जोगिन हेपाटाइटिसको सुई पनि लगाउनु पर्छ ।

आफ्नै इच्छा अनुसार गलत औषधिको सेवनले पनि ‘फ्याट्टि लिभर’ को समस्या हुन सक्छ । त्यसैले सधैँ चिकित्सकलाई परीक्षण गराएर दिएको औषधिको मात्र सेवन गर्नुपर्छ ।

‘फ्याट्टि लिभर’ वाट जोगिन मदिराको अत्यधिक सेवन पनि गर्नै हुदैंन ।

‘फ्याट्टि लिभर’ को समस्या मधुमेह भएका र मोटोपन भएका व्यक्तिमा बढी देखिने गर्छ । त्यसैले मधुमेह र मोटोपनलाई नियन्त्रणमा राख्न सकेमा पनि यो समस्या कम हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?