गण्डकी र लुम्बिनी प्रदेश प्रमुखद्वारा सथप ग्रहण

लोकपथ
195
Shares

काठमाडौं ।  गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

बुधबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा द्वय प्रदेश प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र मन्त्रीहरु सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?