सुन पसल लुट्न खोज्ने एक गिरोह प्रहरीको फन्दामा

लोकपथ
598
Shares

मोरङ । मोरङमा सुन पसल लुट्न खोज्ने एक गिरोह प्रहरीको फन्दामा परेको छ ।

सुन्दरहरैंचा १० मा रहेको शिव पाञ्चायन ज्वेलर्स लुटन खोज्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रहरीले हतियार देखाई सुन पसल लुट्ने प्रयासमा संलग्न संखुवासभा सभापोखरी गापा ४ घर भई हाल इटहरी उपमहानगरपालिका २० तरहरामा डेरा गरी बस्ने ३९ वर्षीय प्रकाश भन्ने चन्द्रबहादुर राई, सुनसरी गढी गाउँपालिका वडा नम्बर १ बस्ने ४५ वर्षीय डाइमण्ड भन्ने प्रमोद चौधरी, संखुवासभा बाह्रबिसे गाउँपालिका ६ घर भई हाल इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा डेरा गरी बस्ने ३० वर्षीय चिरञ्जिवी राई, मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५ बस्ने २२ वर्षीय मिशन राई, भोजपुर पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ घर भई हाल इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा डेरा गरी बस्ने ३० वर्षीय नगेन्द्र राई र मोरङ सुन्दरहरैचा नपा ७ बस्ने ३१ वर्षीय सन्तोष राईलाई जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार गएको साउन १ गते उक्त गिरोहले दिउँसो हतियार देखाउँदै शिव पाञ्चायन ज्वेलर्समा लुटपाटको प्रयास गरेको थियो ।

ज्वेलर्सभित्र प्रवेश गरी स्वचालित हतियार स्टर्लिङ मेसिन देखाउँदै सुन लुट्ने प्रयास गर्दा स्थानीयको अवरोधका कारण असफल भएपछि उनीहरु त्यहाँबाट भागेका थिए । घटनापछि अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?