काठमाडौं उपत्यकामा आज कति थपिए कोरोना संक्रमित?

लोकपथ
203
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ९४, ललितपुरमा २०६ र काठमाडौंमा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर भने ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले बुधबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।

यसअघि मंगलबार देशभर ३८९९ जनामा संक्रमण पुष्टि भएको थियो भने २० जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार देशभर जम्मा संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ भने त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना डिस्चार्ज भएका छन् । बितेको २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ भने जम्मा १५ हजार ० जनाको नमुना परीक्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?