नेपालमा कोरोना : थप ३ हजार ८ सय ४० जनामा संक्रमण, कति भए संक्रमणमुक्त ?

लोकपथ
416
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ८ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले बुधबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।

देशभर गरिएको कुल १२ हजार ९२ जनाको परीक्षण गर्दा सो परिमाणमा संक्रमितहरु थपिएका हुन् ।

त्यस्तै हालसम्म नेपालमा ६ लाख ४९ हजार ७२ जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

बितेको २४ घण्टामा ३३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

यसअघि मंगलबार देशभर ३८९९ जनामा संक्रमण पुष्टि भएको थियो भने २० जनाको मृत्यु भएको थियो ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ९४, ललितपुरमा २०६ र काठमाडौंमा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?