मैलुङ जलविद्युतको आईपीओ भोलिदेखि

लोकपथ
910
Shares

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा साउन १४ गतेदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले सर्वसाधारणका लागि साउन १४ गतेबाट आईपीओ निष्काशन गर्ने भएको हो।

भोलि बिहीबारबाट आवेदन दिन सकिने जलविद्युत कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँबराबरको ७ लाख ३६ हजार २८६ कित्ता शेयरको आईपीओ निष्काशन गर्न लागेको हो। तर, सर्वसाधारणले भने ६ लाख ८४ हजार ७४६ कित्ताका लागि आवेदन दिन सक्नेछन्। बाँकी ७ प्रतिशतमध्ये २ प्रतिशत कर्मचारीहरूलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याएको छ।

सर्वसाधारणले साउन १४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सक्नेछन्। शेयर न्यूनतम १० कित्ताकादेखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?