टोकियो ओलम्पिक : गौरिकाको औसत प्रदर्शन

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १०० मीटर फ्रि-स्टाइल पौडीतर्फ नेपालकी गौरीका सिंहले फिक्का प्रदर्शन गरेकी छिन्।

टोकियो एक्वेटिक सेन्टरमा बुधवार अपरान्ह ३:४५ बजे भएको प्रतिस्पर्धामा गौरीकाले हिट १ समुहमा तेस्रो स्थान ओगट्न सफल भइन्।

गौरिकासहित ४ प्रतिस्पर्धी सम्मिलित सो हिटमा नाइजेरियाकी आवियोलाले ५९.७४ सेकेन्डमा टच पूरा गर्दै पहिलो स्थान ओगटिन्।

त्यस्तै दोस्रो स्थानमा मोन्टेनेग्रोकी आन्डेलाले १ मिनेट १ मिलिसेकेन्डमा टच पूरा गरिन्। गौरिकाले भने १ मिनेट ११ मिलिसेकेन्डमा टच पूरा गर्दा तेस्रो स्थान ओगटेकी हुन्।

१३औं सागमा स्वर्ण पदक जितेकी गौरिकाले त्यस बेला ‘सर्ट कोर्स’मा ५८.१३ सेकेन्डको राष्ट्रिय कीर्तिमान रचेकी थिइन्। गौरिकाको यो ‘लङ कोर्स’मा नयाँ राष्ट्रिय कीर्तिमानको बावजुद उनी जारी टोकियो ओलम्पिकबाट बाहिरिएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?