सेयर बजार : बिन्दुमा नयाँ रेकर्ड, कारोबार १३ अर्बमा सीमित

लोकपथ
156
Shares

काठमाडौं । बुधबार सेयर बजारमा २९९९ देखि ३१०० अंकसम्मको उतारचढावबीच बजारले अन्तत: ३०९४.९४ बिन्दुको नयाँ रेकर्ड बनाएको हो ।

कारोबार रकम भने आज घटेको छ । हिजो मंगलबार १५ अर्ब रुपैयाँ रहेको कारोबार रकम बुधबार भने सवा १३ अर्ब रुपैयाँमा सीमित रह्यो ।

बजार सूचकलाई उचाल्नमा बैंक, जीवन बीमा र लघुवित्त समूहमा आएको उछाल महत्त्वपूर्ण रह्यो ।
कारोबारमा आएका २ सय १९ वटा कम्पनीको १ लाख २८ हजार ७८० पटकको कारोबारमा २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयरको १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँबराबरको कारोबार भएको छ ।

 

आजका दिन धेरै समूहहरूको उपसूचकहरू सकारात्मक छन् भने ४ वटाको समूहहरुको नकारात्मक देखिए । जसमा बैक कम्पनीहरुको कारोबार सर्वाधिक भएको छ ।

आज ३ वटा कम्पनीहरुको सेयर मूल्यमा १० प्रतिशतले बढेको छ भने तीमध्ये नारायनी डेभलब्मेन्ट बैंक लिमिटेड, चान्द्रागिरी हिल्स र मल्टिपरपोज फाइनन्स कम्पनीका रहेका छन् ।

नारायनी डेभलब्मेन्ट बैंक लिमिटेडको सबैभन्दा बढी १० प्रतिशतको वृद्धि भएको छ । पन्चकन्या माई हाइडेपावर लिमिटेडको ५.७ प्रतिशतले घटको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?