काठमाडौं । डिशहोमले मेलम्चीमा बाढीका कारण अति प्रभावित बनेका ५ जना सव–डिलरहरुलाई १/१ लाख रुपैया आर्थिक सहयोग गरेको छ ।
बाढीबाट अति प्रभावित सब–डिलर झलकबहादुर पण्डित, नेत्र बहादुर खड्का, दुलाल फोटो स्टुडियो, नवराज आचार्य र दिनेश बरुवाललाई राहत रकम प्रदान गरिएको डिशहोमले जनाएको छ ।
आफ्ना ग्राहकहरुलाई रिचार्ज तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउन सहज होस् भन्ने उद्देश्यले उनीहरूलाई सहयोग गरेको डिशहोमले जनाएको छ ।
डिशहोमका रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले राहत रकम हस्तान्तरण गरेका छन् ।
यस राहत रकमको माध्यम बाट पिडित सब–डिलरहरु लाई थौरै मात्रामा भए पनि राहत महसुस हुनुका साथै आफ्नो व्यवसायलाई पुनः सुचारु गर्नकालागि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया