पद पुनर्बहालीको माग गर्दै पूर्वमाओवादीका ४ नेताले दायर गरे रिट

लोकपथ
476
Shares

काठमाडौं । पद पुनर्बहालीको मागसहित पूर्वमाओवादीका ५ नेताहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

बुधवार (आज) पूर्वमन्त्री समेत रहेका माओवादी नेताहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरिशंकर चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

गत फागुन २३ गते सर्वोच्चको फैसलापछि तत्कालिन नेकपा विभाजन भइ एमाले माओवादीमा फर्किएको थियो । तर पूर्वमाओवादीका उनीहरुसहित ८ जना नेताहरु भने एमालेमा नै बसेका थिए ।

पार्टीले सोधेको स्पष्टीकरण नदिएपछि उनीहरुलाई माओवादी केन्द्रले पदमुक्त गरेको थियो ।

आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय ऐन नियमविपरीत भएको भन्दै पद पुनर्बहालीको मागसहित रिट दर्ता गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।

भोलिको लागि पेसी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?